Prakash Adhikari January 10, 2019

काठमाडौं, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देश अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार शुभकामना सन्देश प्रकाशित गर्दै उक्त कुरा बताउनुभएको हो।

उहाँले आफ्नो शुभकामना सन्देशमा पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको उल्लेख गर्नुभएको छ ।

पृथ्वी जयन्ती २७ पुसको पूर्वसन्ध्यामा प्रकाशित उहाँको सन्देशमा भनिएको छ, ‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो। राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरंगना एवम् सपूतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूँदैन। भूलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जून सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदैंछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराईरहेको छ,।

‘उहाँले राष्टनिर्माता पृथ्वी नारायण शाहका दिव्योपदेशको उल्लेख गर्दै भन्नुभएको छ, नेपाल चार वर्ण छत्तिस जातको फूलबारी हो, मेरा साना दूःखले आर्ज्याको मूलूक होइन सबैलाई चेतना भया’ भन्ने दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ।

‘एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कूनै वाद वा विचार हुन नसक्ने भन्दै केही समय पहिले पोखरा र दमौलीको भ्रमण गरेर फर्कनुभएका पूर्व राजा ज्ञानेन्द्रले सन्देशमा भन्नुभएको छ, नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पूर्‍याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ ।

उहाँले भन्नुभएको छ, नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई हामी सबैले आत्मसात गर्नुपर्दछ।

Share Now

Leave a comment.