Prakash Adhikari January 13, 2019

 

बैंकक(थाइल्याण्ड),२९ पुस । शनिवार भएको खेलमा चीनलाई १० विकेटले जितेको नेपाली महिला क्रिकेट टीमलाई आज मलेसियाले ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

नेपाल विरुद्ध राम्रो सुरुवात गर्न नसकेको मलेसियाको स्कोर ५ रन हुदा पहिलो विकेट झर्यो । त्यसपछि नेपालले मलेसियाको स्कोर २४ रन हुँदा दोस्रो विकेट लिन सफल भयो । मलेसियाले २७ रनमा चार विकेट खेर फाल्यो ।

नेपालका लागि नेरी थापाले एकै ओभरमा दुई खेलाडीलाई पेभेलियनको बाटो देखाइन । मलेसियाका लागि युजरीना याकोपले ११ रन बनाइन भने सियो जीन इ ले १२ तथा मास एलसिा यासमिनले नौ रन बनाइन । त्यसपछि अरु २४ रन थप्दा मलेसियाले सात विकेट गुमायो ।

बलिङमा नेपालकी सरिता मगरले चार तथा नेरी थापा, कविता कुवँर र इन्दु बर्माले एक एक विकेट लिइन ।

चीनसंग सहज जीत

नेपालले चीनबाट पायाे मात्र ४९ रनकाे लक्ष्य

थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।

थाइल्याण्ड क्रिकेट एसोसियसनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउदा मात्र ४८ रन बनाउन सक्यो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुनसकिन ।

नेपालको कसिलो बलिङ सामु कमजोर देखिएको चीनले १४ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रनमा ५ विकेट खेर फालेको थियो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन ।

जवाफमा नेपालले आठ ओभर चार बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा ओपनरद्धय सिता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन ।

Share Now

Leave a comment.