Prakash Adhikari January 13, 2019

 

जनकपुरधाम(धनुषा),२९ पुस । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन,वन तथा वातावारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटनाको छानविन गर्न प्रदेश सरकारले ३ सदस्य टोली गठन गरेको छ ।

आइवार जनकपुरस्थित मधेश भवन परिसरमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको घटनाको सत्यतथ्य छानविन गर्न प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा तीन सदस्य टोली गठन भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

छानविन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहनुभएको छ ।

साँझ घटना विषयमा दुवै पक्षसंग छलफल पश्चात ३ सदस्यीय छानविन समिति गठन भएको मुख्य सचिव सुवेदीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘ घटनालाई छानविन गरेर निष्कर्ष निकाल्न समिति गठन भएको छ ।

आफूले सिफारिस गरेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव झालाई सभामुख सरोजकुमार यादवकै अगाडी हात र लात्तिले कुटपीट गरी दुर्व्यवहार गरेको सचिवले अरोप लगाएका लगानुभएको छ। ।

Share Now

Leave a comment.