Prakash Adhikari February 4, 2019

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लाका सदरमुकामहरुमा बृहत् विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध प्रदर्शनको तयारी लगभग सकिएको जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेसले संघीय संसदको दुई तिहाई समर्थनमा बनेको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान गठबन्धन सरकार प्रतिपक्षलाई पेलेर अधिनायकबादी शैलीमा जान लागेको विषयलाई प्रमुख मुद्दा बनाउदै जनताका जनजीविकाका विषयमा केन्द्रीत रहेर आजको विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।

Image result for Nepali COngress Rally

वर्तमान सरकार गठन भएको बर्ष दिन पुग्न लागेको समयमा नेपाली कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा न्यायापालिकामाथिको निरन्तर हस्तक्षेप र वर्तमान प्रधानन्यायाधीशलाई नेकपाका सांसदहरुबाट संसदीय सुनुवाईको क्रममा दिइएको दुईतिहाईको धम्कीको त्रास, वर्तमान सरकारको गठन संगै पूववर्ति सरकारले राष्टिय सभाका लागि मनोनयन गरिएका ती सदस्यहरुलाई फिर्ता लिने सरकार र राष्टपतिको संविधान विरोधी कदम, संसदको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधानको उल्लंघन, संविधानको संशोधनमा गरिएको विलम्ब र उपेक्षा, देशमा बढ्दै गएको हत्या, बलात्कार, अपहरण, गुण्डागर्दीसहित शान्ति सुरक्षाको विषय, सुन तस्करी सहित आर्थिक अपराध, वाइडबडीका जहाज खरिदसहित सरकारी संलग्नतामा भएका भ्रष्टाचारका विषय, महंगी, स्वदेशमा उत्पन्न बेरोजगारीको समस्या सहित मलेशिया जस्तो प्रमुख वैदेशिक रोजगारीको गन्तब्यमा सरकारी अकर्मण्यताले सिर्जना भएको अवरोध, परराष्टसम्बन्धमा आएको विचलन, सुस्त विकास, सुशासनको अभाव, बढ्दो घुसखोरी, निजामती प्रशासनमा भएको राजनीतिकरण, विश्वविद्यालयमा भएको राजनीतिक हस्तक्षेप, प्राविधिक कर्मचारीको समायोजनमा देखिएका विरोधाभाष, संसद र प्रतिपक्षी दलको अवमूल्यन जस्ता विषयलाई प्रमुख मुद्दाको रुपमा उठाउने भएको छ ।

नेपाली कांग्रेसको माघ १३ गते बसेको बैठकले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Image result for Nepali COngress Rally

नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक पारित गर्दा संघीय संसदको प्रतिनिधिसभामा माघ ११ गते सत्तापक्षबाट प्रदर्शन भएको व्यवहार, सभामुखको भूमिका, भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र चिकित्सा क्षेत्र सुधारको लागि सत्याग्रही डा. गोविन्द के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार,नेपाली कांग्रेसका पूर्व सभापति तथा प्रधानमन्त्री द्धया गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास र संसदमा कांग्रेसको निरन्तर विरोधपछि सच्याउन लगाइएको घट्ना, शिक्षा क्षेत्रमा देखिएको बेथिति,प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राखेर पाँचवटा संवैधानिक आयोगका प्रमुखहरुको नियुक्ति गरिएको विषयलाई पनि नेपाली कांग्रेसले विरोध कार्यक्रममार्फत जनतासमक्ष पुर्याउने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुईतिहाईको बहुमतको दम्भका आडमा नेपाल कम्युनिष्ट पार्टीको झण्डामुनि अपराधीहरुले संरक्षण पाएको उल्लेख गर्दै देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको बताउदै भन्नुभएको छ, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने अझै विभिन्न षड्यन्त्र गरिरहेको देखिएको छ । विरोध प्रदर्शनमा जिल्ला जिल्लामा भएका यस्ता अपराध र गतिविधिको भण्डाफोर हुनेछ ।

Image result for Nepali COngress Rally

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले विरोध प्रदर्शनको मुद्धामा “भ्रष्टाचार” लाई मूल मुद्दाको रुपमा उठाउने विधिवत निर्णय गरेको छ । यस सन्दर्भमा सरकारले वाइडबडीको जहाज खरिद गर्दा संसदको सार्वजनिक लेखा समितिले नै ४ अर्ब ३५ करोड ५६ लाखभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दा समेत सरकारले दोषीहरुलाई निलम्बन गरि छानवीनको मार्ग प्रशस्त गर्न नसकेको त्यसलाई ढाकछोप गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेपनि सपथ ग्रहण गराएर काम सुरु गराउन नसकेको र भ्रष्टाचारमा आरोपित मन्त्रीलाई ससम्मान मन्त्रिपरिषद् र संसदमा सहभागी गराइरहेको विषयलाई पनि कांग्रेसले चर्को रुपमा उठाउने भएको छ । वाइडबडी खरिदमा भएको भ्रष्टाचारको छानवीन गरि दोषीमाथि कारबाही गर्न नेपाली कांग्रेसको मंसीर पुसमा भएको महासमितिको बैठकले समेत निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेसले आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्न समेत आजको विरोध प्रदर्शनमार्फत दबाव दिइने जानकारी दिएको छ ।

नेपाली कांग्रेसले ३३ किलो सुन काण्डमा मुछिएका अपराधीहरुलाई सरकारले अन्तराष्टिय भ्रमणदलमा सामेल गरेको र ठूलामाछाहरुको नाम आएपछि प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष प्रचण्डको दबाबमा तस्करी छानवीन प्रक्रिया तुहाइएको विषयलाई पनि जनतासामु उठाउने भएको छ ।

नेपाली कांग्रेसले प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी रकम निकासा गरी गरिएको भ्रष्टाचारमा कार्वाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने बताएको छ ।

Image result for Deuba in NC Rally

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पूरा गर्न गरिएको विलम्ब र सरकारका विभिन्न मन्त्रालय अन्तरगत रही राजश्व छली र अन्य आर्थिक विषय र राज्यका गोप्य सूचना संकलन गर्ने राष्टिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तरगत लगी राज्यशक्ति केन्द्रीकरण गरेर सत्ताको दुरुपयोग गर्ने खेलमा प्रधानमन्त्री सरिक भएको विषयलाई पनि विरोधमा प्रदर्शनमा समेटिने जनाएको छ । नयाँ सरकारको गठनसंगै सरकारले राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्टिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तरगत राखेको छ ।

संसदको सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड भन्दा बढी भ्रष्टाचार भएको भनेको र वास्तविक भ्रष्टाचार ६ अर्ब ५९ करोड भन्दा बढी भएको घट्नाका दोषीलाई बचाउन प्रधानमन्त्री ओली र उहाँको सचिवालयले जुन ढंगले न्यायिक आयोग गठन गर्ने र संसदीय समितिको प्रतिवेदनको अपहेलना गर्ने कार्य गरेको छ, त्यसलाई हेर्दा प्रधानमन्त्री ओलीको सचिवालय करछली,वक्यौता,तस्करी,अकूत सम्पत्तिका मुद्दाका फाईलहरु बालुबाटार खिचेर मोलमोलाई गर्न उद्दत भएको देखाउछ । यी निकायहरु राज्यले वर्जित गरेका आर्थिक अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्न स्थापित गरिएका थिए, तर प्रधानमन्त्रीको सचिवालय त्यसलाई दुरुपयोग गरि पैसा सोहोर्न र जम्मा गर्न उद्यत रहेछ भन्ने कुरा संसदीय समितिको प्रतिवेदन आएको एकमहिना पुगिसक्दा पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ वा त्यसमा शंकाको दायरामा परेका पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन समेत सरकार अग्रसर नदेखिएकोबाट प्रष्ट भैसकेको छ ।

कांग्रेसले दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार राज्यलाई अपराधीकरणतर्फ लैजान उद्यत भएको आशंकालाई बल पुग्ने अवस्था देखिएको जनाउदै सरकारको यस्तो रवैयाले देशलाई अकल्पनीय संकटतर्फ डोर्याउने विषयमा पनि आमजनतालाई सजग गराउने भएको छ ।

Share Now

Leave a comment.