Prakash Adhikari February 16, 2019

काठमाडौं, ४ फागुन । नेपालले पुरुष क्रिकेटमा एक दिवसीय मान्यताासहित खेलस्तरमा सुधार गरिरहेको अवस्थामा महिला क्रिकेटलाई पनि संस्थागत रुपमा नै विकास गर्न नयाँ प्रयास थालिएका छन् । फागुन महिनाको पहिलो सातामा दुई महत्वपूर्ण घोषणा भएका छन् । बिहिबार फ़्रेन्चाइज क्रिकेटमा आधारित रहने ‘वुमेन्स च्याम्पियन्स लिग’ क्रिकेटको घोषणा भयो भने त्यसको लगत्तै भोलिपल्ट शुक्रबार अर्को फ़्रेन्चाइज लिग ‘एनसिएल वुमेन्स टि २० क्रिकेट लिग’ सुरु हुने घोषणा भएको छ।

नेपालका राष्टिय टीमका कप्तान पारस खड्का आबद्ध ‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट’आउँदो चैत्र २२ गतेदेखि ९ दिनसम्म काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा ‘वुमेन्स च्याम्पियन्स लिग’ आयोजना गर्ने घोषणा गरेको छ ।

यस्त्ै एनसिएल स्पोर्ट्स प्रा.लिको आयोजनामा चैत्र १ देखि ९ गतेसम्म विराटनगरमाअक्सनमा आधारित महिला टी २० क्रिकेट प्रतियोगिता हुनेछ। प्रतियोगितामा ४ शहरका ४ टिमहरुको सहभागी रहने बनाएको छ ।

खेल बिराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने बताएको छ ।

नेपाली पुरुष क्रिकेट टिमको अन्तर्राष्ट्रिय सफलतामा फ़्रेन्चाइज लिगहरुको महत्त्वपूर्ण योगदान रहेको र पछिल्लो समय महिला क्रिकेट टिमले समेत सफलता प्राप्त गरिरहेकोले यस प्रतियोगिताले महिला क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

वुमेन्स क्रिकेट लिग

राजधानी काठमाडौंमा बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै क्विन्स् इभेन्टस् प्रा.लि.ले “वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)”को घोषणा गरेको हो। प्रतियोगिता आउँदो चैत्र २२ गतेबाट काठमाडौंमा आयोजना हुनेछ। चैत्र २२ बाट संचालन हुने प्रतियोगिता ९ दिनसम्म चल्नेछ। प्रतियोगितामा बिभिन्न सहरका नाममा रहेका ५ टोलीको सहभागिता रहनेछ।

आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगितामा सहभागी टोली, पुरस्कार राशी र अन्य बिवरणको जानकारी छिट्टै दिइने बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा प्रबन्ध निर्देश छुम्बी लामासंगै राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्री, राष्ट्रिय टोलीका कप्तान पारस खड्का, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी ) प्रतिनिधि भावना घिमिरेको समेत उपस्थिति रहेको थियो। यस्तै कार्यक्रममा विश्वकप छनौटको एसियाली छनौट खेल्न अभ्यासमा रहेको महिला टिमका सदस्य र प्रशिक्षक बिनोद दास समेत उपस्थित हुनुहुन्थ्यो।

अघिल्लो महिना मात्र थाइल्याण्डमा सम्पन्न वुमेन्स टि२० स्म्याश प्रतियोगिताको उपबिजेता बनेको महिला टोली अहिले महिला विश्वकप क्रिकेटको एसियाली छनौटका लागि अभ्यासरत छ।

नेपालमा महिला क्रिकेट टोलीको स्थापनादेखि नै मौका पाएका बेला बिभिन्न उपलब्धि हाँसिल गर्दै आएपनि पुरुष क्रिकेटको दाँजोमा संस्थागत विकासमा पर्याप्त ध्यान दिइएको थिएन् ।

Share Now

Leave a comment.