Prakash Adhikari February 23, 2019

 

धनगढी(कैलाली),११ फागुन । ्र तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर युनाइटेड र सीवाइसी अत्तरियाबीच आज प्रतिस्पर्धा हुने भएको छ ।

महेन्द्रनगर युनाइटडको नेतृत्व शरद भेसावाकरले गरेका छन भने सीवाईसी अत्तरियाको कप्तानी दिपेन्द्र ऐरीले गरेका छन् ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा शनिबार दिउसो १२स्३० बजेदेखि सुरु हुने फाइनल खेलमा घरेलु दर्शकको पनि राम्रो उपस्थिति हुन सक्ने भएकाले खेल रोमान्चक हुने आशा गरिएको छ।

सर्वाधिक धनराशी पुरस्कार रकम रहेको डीपीएल प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछ।

बुधबार भएको पहिलो क्वालिफायर खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा पुगेको हो।

अर्कोतिर बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्स बिरुद्द १ रनको रोमान्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित काठमान्डौसँगको भिडन्त पक्का गरेको थियो। तर दोश्रो क्वालिफायरको अगाडि आफ्नो मुख्य बलर अंकित दबासलाई बलिंग गर्न प्रतिबन्ध गरेको भन्दै काठमाण्डौले प्रतियोगिता बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा पुगेको हो।

लिग चरणमा प्रदर्शन

दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर तथा फिल्डिंग बादशाह जोन्टी रोड्सको मेन्टरसिप र दक्षिण अफ्रिकाकै रायन मेरोनको प्रशिक्षणमा रहेको सिवाइसी अत्तरियाले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गर्दै सुरुवात गरेको थियो। दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको उसले तेस्रो खेलमा महेन्द्रनगर युनाइटेडसँग ७ विकेटले पराजित भएको थियो।

यस्तै चौथो खेलमा बिराटनगर किंग्सलाई १० रनले तथा पाचौं खेलमा काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले पराजित गरेको थियो। यो सँगै अत्तरियाले ४ खेलमा जित र १ हार सहित ८ अंकका साथ लिग चरणको शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा छनौट भएको थियो।

लिग चरणमा १ खेल जितेर १ खेलमा हार व्यहोर्दा २ खेल बर्षाले रद्द भएपछी ४ अंकसहित लिग चरणको समाप्तीमा चौथो स्थानमा रहँदै महेन्द्रनगर युनाइटेडले प्ले(अफको यात्रा तय गरेको हो।

उसले पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग २ रनको तथा काठमाण्डौ गोल्डेन्ससँग ७ रनले हार व्यहोर्दा बिराटनगर किंग्स र धनगढी स्टार्स बिरुद्दको खेल बर्षाले रद्द भएका थिए। तर अत्तरियासँगको बर्षाले प्रभावित भएपछी ६ ओभरमा झारिएको लिग चरणको खेलमा ७ विकेटको निकाल्दै टिमले पहिलो जित निकालेको थियो। उक्त जित नै महेन्द्रनगरलाई प्लेअफमा पुर्याउन पर्याप्त रह्यो।

Share Now

Leave a comment.