
धनगढी(कैलाली), ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले जितेको छ ।
शनिवार फाप्ला क्रिकेट मैदान धनगढीमा भएको खेलमा प्रतिस्पर्धी महेन्द्रनगरलाई ३ विकेटले हराउँदै धनगढीले उपाधि जितेको हो ।
फाप्ला मैदानमा महेन्द्रनगरले जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर २० ओभरमा १
सय २३ रनको योगफल तयार पारेर सीवाईसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
महेन्द्रनगर युनाईटेडबाट १ सय २४ रनको लक्ष्य पाएको अत्तरियाले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो ।
अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे ।
३१ रन हुँदा पहिलो विकेट गुमाएको अत्तरियाले ३९ रनमा दोस्रो विकेट खेर फाल्यो । ज्ञानेन्द्र कुवँर सात तथा सन्दीप जोरा दुई रनमा आउट भए । त्यसपछि जयकिशन कोल्सावाला ३० नरमा आउट भएपछि अत्तरियाले ४३ रनमा तेस्रो विकेट गुमायो ।
लगत्तै रित गौतम पनि पनि आउट भएपछि ४० रनमा अत्तरियाको महत्वपूर्ण चार विकेट झर्यो । उसका मिडिल अडरका खेलाडीविच राम्रो साझेदारी हुन नसक्दा अत्तरीयाले ५४ रनमा ५ विकेट गुमायो ।
त्यसपछि ९२ रनमा ६ विकेट गुमाएको अत्तरीयाका कप्तान दिपेन्द्र ऐरी १७ रनमा आउट भए । एक सय ११ रन हुँदा सात विकेट गुमाएको अत्तरीयाको जितमा सन्नी पटेलले उत्कृ्ष्ट पारी खेले । उनले अविजीत ४७ रन बनाए ।
यस अगाडि टस जितेर ब्याटिड. गरेको महेन्द्रनगरको सुरुवात भने राम्रो हुन सकेन । उसले ११ रन बनाउदा पहिलो विकेट गुमायो । ओपनर मोहम्मद नाभिद १० रनमा आउट भए । त्यसपछि उसले १४ रनमा दोस्रो विकेट खेर फाल्यो । जसमा सब्रमनियम आनन्द मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि उसले ४२ रन बनाउदा थप दुई विकेट गुमायो । जसमा आरिफ शेख ११ रनमा आउट भए भने कप्तान शरद भेषवाकरले खाता खोल्न सकेनन् ।
त्यसपछि दिलिपनाथ र कुशल मल्लले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । कुशल ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ९३ रनमा पाँचौ विकेट झर्यो । त्यसपछि राम्रो ब्याटिङ गरिरहेका दिलीपनाथ ४३ रनमा आउट भएपछि महेन्द्रनगरले ९७ रनमा छैटौं विकेट खेर फाल्यो । महेन्द्रनगरको स्कोर १ सय ७ रन हुँदा अमरसिंह रौटेला मात्र १ रनमा सातौ विकेटका रुपमा आउट भए ।
लगत्तै उसले स्कोरबोर्डमा अरु ७ रन जोड्दा थप एक विकेट गुमायो । अभिनाश बोहोरा खाता खोल्न नपाउँदै आउट भए । उसका रोहितकुमार पौडेलले २४ रन बनाए ।
बलिङमा दिपेन्द्र राउत र दीपेन्द्र ऐरीले दुई दुई विकेट लिए ।