
ढाका (बंगलादेश), १२ फागुन(बीबीसी) । बांग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको विवरण प्राप्त भएका छन्।
राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए।
सुरक्षाकर्मीहरूले विमानलाई घेरा हालेका छन्। संदिग्ध अपहरणकारीसँग सोधपुछ गर्ने प्रयास भइरहेको बताइएको छ।
सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको विवरणहरूमा जनाइएको छ।
चालक दलका सदस्यहरूको अवस्था अहिलेसम्म थाहा हुन नसकेको विवरणहरू आएका छन्।