
काठमाडौँ, २४ फागुन । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा जनशक्ति थप्न लागेको छ । बलको मानव श्रोत विभाग तालिम निर्देशनालयले शुक्रबार गोरखापत्रमा सार्वजनिक गरेको सूचना अनुसार यसपटक ३ हजार २ सय ९७ जना नयाँ भर्ना लिइनेछ ।
पदपूर्तिको सूचना अनुसार खुलातर्फ १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ कोटा निर्धारण गरिएको छ।
कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको योग्य आवेदकले सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोक, बाहिनी, गण र गुल्म रहेका स्थानमा चैत २५ गतेसम्म दरखास्त दिन सक्ने छन् ।
वैशाख ३ गते सम्बन्धित कार्यालयहरूमा परीक्षा सञ्चालन हुनेछ।
हेर्नुहोस् विज्ञापन :