वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १२ चैत्र । पत्नी सीता दाहालको स्वास्थ्योपचारको लागि अमेरिका आउनुभएका सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेदक्षिण तथा मध्य एशिया मामला हेर्ने कार्यबाहक सहायक विदेशमन्त्री एलिस जी वेल्ससंग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका विषयहरु सार्वजनिक भएका छैनन ।
अमेरिका रहदा प्रचण्डले मेरिल्याण्ड राज्यको प्रदेश संसद्को समेत अवलोकन गर्नूभएको छ ।नेपाली मूलका मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले उहाँको स्वागत गर्दै प्रदेश संसदको अवलोकन गराउनुभएको थियो ।
सो अवसरमा संयुक्त राज्य अमेरिकालागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि साथै रहनुभएको थियो ।

धर्मपत्नी सीताको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा उपचार गरी पूर्व प्रधानमन्त्री प्रचण्ड परिवारसहित यसै साता नेपाल फर्कदै हुनुहुन्छ ।
उपचार प्रक्रिया सकिएकाले सबै जना एकै पटक फर्कन लागेको जनाइएको छ । उहाँ पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्यका साथ अमेरिका आउनुभएको थियो ।









