Prakash Adhikari March 28, 2019

 

जनकपुर, १४ चैत्र । पाँच जनाको ज्यान जाने गरि ६ वर्ष अघि जनकपुरमा भएको बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहसहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

सो बम काण्डमा जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साहका अतिरिक्त अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन् ।

https://youtu.be/RF2wrwPE7iE

मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो।

विष्फोटबाट दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।

संजय साह पहिलो र दोश्रो संविधानसभा चुनावमा जनकपुरबाट बिजयी बनेका थिए।

पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका साह दोश्रो संविधानसभा चुनावमा तत्कालिन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए।

पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत भएका थिए ।

बम काण्डपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखेको थियो ।

साह माथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको मुख्य योजनाकार रहेको अभियोग समेत लागेको छ।

साहका अरू मुद्दाहरूपनि अदालतमा विचाराधीन छन्।

ती सबै मुद्दामा बैशाखको पहिलो हप्ता देखि बहस सुरू हुने बताइएको छ।

Share Now

Leave a comment.