काठमाडौं,१९ चैत्र । नेपालभरका प्रतिरक्षी कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको हालै सम्पन्न निर्वाचनमा साँझसम्मको परिणाममा प्रजातान्त्रिक समूह अगाडि देखिएको छ ।
मतगणनाको पछिल्लो स्थिति अनुसार लोकतान्त्रिक,व्यवसायिक र समावेशी समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले प्रगतिशील पक्षका उम्मेदबार चण्डेश्वर श्रेष्ठलाई ७८ मतले पछि पार्नुभएको छ । पोखरेलले १४३१ मत ल्याउनु भएको छ भने श्रेष्ठले १३५३ मत ल्याउनु भएको छ ।
त्यस्तै महासचिवमा लोकतान्त्रिक पक्षका लिलामणि पौडेलले १४३२ मत पाउनु भएको छ भने प्रगतिशीलका महासचिव उम्मेदवार सुरेन्द्र बस्नेतले १२९३ मत पाउनुभएको छ । पौडेलले १ सय ३९ मतले बस्नेतलाई उछिन्नुभएको छ ।