Prakash Adhikari April 2, 2019

काठमाडौं,१९ चैत्र । मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोलीका खेलाडीको नाम सार्वजनिक भएको छ।

खेल अप्रिल १० देखि १८ तारिकसम्म मलेशियामा हुँदैछ ।

प्रारम्भिक टोलीको बन्द प्रशिक्षण र भारत भ्रमणमा खेलिएका अभ्यास खेलको आधारमा मंगलवार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो।

नेपाली टोलीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् । रोहितको कप्तानीमा पहिलो पटक हरिबहादुर चौहान, अभिषेक बस्नेत र कुशल मल्लले अवसर पाएका छन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै अभिषेक बस्नेत, भिम सार्की, हरिबहादुर चौहान, कमल ऐरी, कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतीस जीसी, रसिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ् रहेका छन्।

नेपाली टोलीमा लोकेश बम, आकाश चन्द, रवी कुमार साह र शेर मल्ल भने वैकल्पिक खेलाडीको सूचीमा रहेका छन्।

बिनोद दास मुख्य प्रशिक्षक रहेको नेपाली यु १९ टोलीको सपोर्ट स्टाफमा रमन शिवाकोटी ( टिम व्यवस्थापक ) र बिकास न्यौपाने (फिजियो) रहेका छन्।

प्रतियोगिताको लागि नेपाली टोली अप्रिल ६ तारिकमा मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा युवा टोलीले कुनै अभ्यास खेल भने खेल्ने छैन।

Share Now

Leave a comment.