
याड.गुन(म्यानमार),२६ चैत्र। म्यानमारमा सम्पन्न एएफसी महिला ओलम्पिक छनौट २०२० को दोस्रो चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई जितेको छ ।
म्यानमारको बहतु स्टेडियममा मंगलबार भएको समूह ए तर्फको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई २–१ ले पराजित गर्यो ।
नेपालका लागि दुवै गोल साबित्रा भण्डारीले ३६ र ८९औं मिनटमा गरिन ।
खेलमा इण्डोनेसियाकिबायक अमितुन शालिहाहले ४७औं मिनटमा एक गोल फर्काएकी थिईन् ।
छनौट चरणतर्फ म्यानमार र भारतसंगको खेलमा लगातार पराजय सामना गरेको नेपालको लागि यो खेल प्रतिष्ठाको विषय बनेको थियो।
इण्डोनेसियाले पनि म्यानमार र भारतसँग हारेको थियो ।