Prakash Adhikari April 15, 2019

क्वाललम्पुर(मलेशिया),२ बैशाख । आईसीसी अण्डर १९ विश्व कप (एशिया छनोट) प्रतियोगिता अन्तरगत नेपालले तेस्रो खेल आयोजक मलेसियाको घरेलु टीमसंग खेलिरहेको छ ।

बायुमास ओभल मैदानमा टस जितेको नेपालले फिल्डिड. रोजेको छ ।

१७ औं ओभरको अन्त्यसम्म नेपालले ४ विकेट झारेको छ र प्रतिस्पर्धी मलेशियाले ६२ रन बनाएको छ ।

प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपालले दोश्रो खेल बर्षाको कारण बीचमा स्थगित गर्नुपरेको र डी एण्ड एल विधिद्धारा नतिजा निर्धारण गर्दा युएईसंग पराजित हुन पुग्यो। नेपालको जित्ने सम्भावना प्रबल रहेको सो खेलमा बर्षाको लाभ युएईले लियो ।

नेपालको चयन हुने संभावना निकै क्षीण हुँदै गएको छ ।

अहिले कुवेत र युएईबीचको खेलमा युएईले कुवेतलाई धराशायी बनाएको छ ।

कुवेतले ८ विकेटको क्षतिमा जम्मा ५२ रन बनाएको छ ।

कुवेतले युएईलाई हराएमा मात्र बाँकी खेल जितेर विश्वकप खेल्ने सपना देखेको नेपालका लागि त्यो सपना साकार हुन अब ठूलै चमत्कार आवश्यक छ । अहिलेको अवस्थामा युएईलाई कुवेतले सहजै जित्ने देखिन्छ ।

उसलाई उछिन्न अब लगभग असंभव जस्तै हुन गएको छ ।

ICC Asia Under-19s World Cup Qualifier

TEAM M W L PT NRR
Kuw19 2 2 0 4 2.763
UAE19 2 2 0 4 0.189
NEP19 2 1 1 2 2.7
Omn19 2 1 1 2 -1.198
MAL19 2 0 2 0 -0.809
SIN19 2 0 2 0 -3.594

अंक तालिकामा कुवेत र युएईले २ खेलमा दुई जित हात पार्दै ४ अंक बटुल्दै नेट रन-रेटको आधारमा पहिलो र दोश्रो स्थानमा रहेको छ। ओमान र नेपालले २ खेलमा १ जित र १ हार बेहोरेका छन् भने मलेसिया र सिंगापुरले खेलेको दुवै खेलमा हार ब्यहोरेका छन्।

नेपाल सहित, मलेसिया, युएई, सिंगापुर, ओमान र कुवेत गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा अन्डर १९ विश्वकपमा छनौट हुनेछ।

Share Now

Leave a comment.