Prakash Adhikari January 1, 2018

काठमाडौं, १७ पौष । प्रतिनिधिसभाको समानुपातिक मत परिणाम तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगलाई बाम गठबन्धनका नेताहरुले दबाव दिएका छन् ।

एमालेका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अगुवाइमा एमाले र माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगरै अनिश्चित कालसम्म मतपरिणाम रोकेमा त्यो कदम आयोगका लागि प्रत्युत्पादक हुने चेतावनी ने दिए ।

बाम गठबन्धनका नेताहरुले ‘सात दिनभित्र निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने प्रावधान र त्यसको मूल आशयतर्फ पनि प्रमुख आयुक्त र आयुक्तहरुको ध्यानाकर्षण गराएका गराएको दावी गरेका छन् ।

आयोगका पदाधिकारीहरुले भने विगतदेखि नै संविधानको ८४ को उपधारा ८ का कारण राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको मत परिणाम सार्वजनिक गर्न नसकिने तर्क दिंदै
आएका छन् ।

संघीय संसदमा उपस्थित हरेक राजनीतिक दलमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यदि प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रियसभा सदस्यबाट नपुगे प्रतिनिधिको समानुपातिकबाट महिलाको प्रतिशत पुर्‍याउनुपर्नेछ ।

तर, वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभामा ३३ प्रतिशत महिला आउने र आयोगले पनि समानुपातिकको सिट तोक्दा दलहरुलाई ३३ प्रतिशत पुर्‍याउन निर्देशन दिएमा संवैधानिक प्रावधानको परिपालनामा कुनै अप्ठ्यारो नआउने दावी गरेका छन् ।

निर्वाचन आयोगका पदाधिकारीहरुले भने वाम गठबन्धनका नेताहरुलाई ‘हामी छलफल गछौं’ भन्ने जवाफ दिएर फर्काएका छन् ।

Share Now

Leave a comment.