मुम्बई(भारत),बैशाख २२ । लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउदै मुम्बई इन्डियन जारी आईपीएलको अंकतालिकाको शीर्षस्थानमा पुगेको छ।
मुम्बईको घरेलु मैदानमा आइतबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा कप्तान रोहित शर्माले अविजित ५५ तथा सुर्यकुमार यादबले अविजित ४६ रन बनाए भने बलिंगमा लासिथ मालिंगाले ३ तथा जस्प्रित बुम्राह र हार्दिक पान्ड्याले २ ।२ विकेट लिए।
अन्तिम अंकतालिका
Indian Premier League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| MI | 14 | 9 | 5 | 18 | 0.421 |
| CSK | 14 | 9 | 5 | 18 | 0.131 |
| DC | 14 | 9 | 5 | 18 | 0.044 |
| SRH | 14 | 6 | 8 | 12 | 0.577 |
| KKR | 14 | 6 | 8 | 12 | 0.028 |
| KXIP | 14 | 6 | 8 | 12 | -0.251 |
| RR | 14 | 5 | 8 | 11 | -0.449 |
| RCB | 14 | 5 | 8 | 11 | -0.607 |
आईपीएलमा सबै टिमले एकर्का बिरुद्ध २ । २ खेल खेलेपछि लिग चरणको खेल सकिएको छ।
अंकतालिकामा मुम्बई, चेन्नाई र दिल्ली १४ खेलमा समान ९ जित र ५ हार ब्यहोरेर समान १८ अंक हासिल गरे पनि नेट रन रेटको आधारमा पहिलो, दोश्रो र तेश्रो स्थानमा रहदै र प्ले अफ चरण प्रवेश गरेका छन् ।
यस्तै चौथो स्थानमा रहँदै सनराइजर्स हैदराबाद पनि प्लेअफ चरण प्रवेश गर्यो। हैदराबाद, कोलकाता र किंग्स् ११ पञ्जाबको समान १२ अंक रहे पनि नेट रन रेटमा हैदराबाद चौथो, कोलकाता पाँचौं र पञ्जाब छैठौं स्थानमा रहे। सबैले १४ खेलमा ६ जित र ८ हार ब्यहोरे।
लिगको अन्तिम खेलमा यदी मुम्बईलाई कोलकाताले पराजित गरेको भए हैदराबादको सट्टा कोलकाता प्ले अफ चरण प्रवेश गर्ने थियो।
अंक तालिकामा ११ । ११ अंक सहित सातौँ स्थानमा राजस्थान र आठौँमा बैंगलोर रहन पुगेका छन् । दुवै टिमले १४ खेलमा ५ जित र ८ हार बेहोरे।
अब आईपीएलको १२ औं संस्करणमा मात्र ४ वटा खेल बाँकी रहेका छन्।
मंगलबार पहिलो क्वालीफायर खेलमा मुम्बई र चेन्नाईले प्रतिस्पर्धा गर्नेछन् जसको विजेता सोझै फाइनल प्रवेश गर्नेछ। यस्तै बुधबार दिल्ली र हैदराबाद बीच इलिमिनेटर खेलिनेछ जसको विजेताले मुम्बई र चेन्नाई बीचको खेलमा पराजित हुने टिमसंग दोश्रो क्वालिफायर खेल्नेछ।
शुक्रबार दोश्रो क्वालिफायर खेलिनेछ जसको विजेता टीम फाइनल प्रवेश गर्नेछ।
इन्डियन प्रिमियर लिगको ११ औं संस्करणको उपाधि चेन्नाईले जितेको थियो । उसले फाइनलमा हैदराबादलाई पराजित गरेको थियो। त्यसबेला प्ले अफमा चेन्नाई, हैदराबाद, कोलकाता र राजस्थान पुगेका थिए।


















