Prakash Adhikari May 7, 2019

 

काठमाडौं, २४ बैशाख।  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि भएको छलफलपश्चात् प्रत्युत्तर दिने क्रममा प्रधानमन्त्री ओली आज प्रतिपक्षलाई बिझाउने निम्नकोटीको शब्द प्रयोग गरेर विवादमा फस्नुभयो । र विपक्षी सांसदहरुको विरोधका विच नीति तथा कार्यक्रममाथिको जवाफ दिनुपर्ने अवस्थामा पुग्नुभयो ।

राष्टपतिबाट जेठ २० गते प्रस्तुत भएको सरकारको बार्षिक नीति तथा कार्यक्रममा संघीय संसदको प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिएर राष्टपतिप्रति संबोधन गरेकोमा धन्यवाद प्रस्ताव पेश गर्न संसदको रोष्टममा जानुभएको प्रधानमन्त्री ओली आफ्नो अभिव्यक्तिको सुरुमा नै विवादमा पर्नुभयो ।

उहाँले जवाफ दिने क्रममा संसदमा अभिव्यक्त ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरु बाहेकका अन्य जिज्ञासा र प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भन्ने वित्तिकै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहले सो अभिव्यक्ति सांसदहरुको अपमान गर्ने संसदीय मर्यादा विपरीत भएको भन्दै होहल्ला गरेका थिए ।

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाउनुभयो । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो। त्यसपछि कांग्रेसका सबै सांसदहरु सिटबाट उठेर प्रधानमन्त्रीलाई आफ्नो बोली फिर्ता लिन आग्रह गरिरहे ।

कांग्रेस संसदीय दलले संसदले धन्यवाद प्रस्ताव पारित गरेपछि एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीबाट संसद्को गरिमामा आँच आउने गरि दिइएका अभिव्यक्तिलाई संसद्को अभिलेखबाट यथाशीघ्र हटाउन र गरिमामय ढङ्गले संसद् सञ्चालन गर्न सभामुखसमक्ष आग्रह गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखले संसद्को गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

 

No photo description available.

Share Now

Leave a comment.