
लण्डन(संयुक्त अधिराज्य),१८ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको चौथो खेलमा एशियाली मुलुक अफगानिस्तानलाई अस्ट्रेलियाले ७ विकेटले पराजित गरेको छ ।
काउन्टि मैदान, ब्रीस्टोलमा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
५० ओभरको निर्धारित खेलमा २ सय ८ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ३५ औं ओभरको पाँचौ बलमा २ सय ९ रन बनाएर पूरा गर्यो । उसले ३ विकेटको क्षतिमा सो लक्ष्य हासिल गरेको थियो ।
अष्टेलियाको जितमा डेभिड वार्नरले ८९, आरोन फिन्चले ६६, स्टेभेन स्मिथ १८, उस्मान ख्वाजाले १५ रन बनाए । अफगानिस्तानका बलर रसिद खान, गुलाबउद्दिन नैयर र मुजिबर रहमानले समान १ । १ विकेट लिए ।
यस अगाडि टस जितेर ब्याटिड.गर्ने क्रममा अफगानिस्तानका ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजई दुवै खाता नखोली आउट भएका थिए। ५ रन बनाउदा २ विकेट गुमाएको अफगानिस्तानलाई रहमत शाह र हश्मतुल्लाह शाहिदीले अर्धशतकीय पार गराए । शाहिदी १८ रन तथा रहमत ४३ रन बनाएर आउट भए। लगत्तै मोहम्मद नबि पनि ७ रन बनाएर आउट हुँदा अफगानिस्तान १९ ओभरकोे दोस्रो बलमा आइपुग्दा ७५ रन जोड्दै ४ विकेट गुमाएको अवस्थामा थियो ।
त्यसपछि ब्याटिड. सम्हालेका कप्तान गुल्बदीन नैब र नाजिबुल्लाह जद्रानले ८३ रनको साझेदारी गर्दै योगफल १५० पार गराए। नैबले ३१ रन बनाए भने जद्रानले ५१ रन बनाए ।
राशिद खानले आक्रामक ब्याटिंग गर्दै ११ बलमा २ चौका र ३ छक्का मदतले २७ रन बनाउदा योगफल २०० पार भयो।
३८.२ ओभरमा २ सय ७ रनमा अफगानिस्तान समेटिन पुग्यो।
अफगानिस्तानलाई रोक्न अस्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान ३।३ विकेट तथा मार्कस स्टोइनिसले २ र मिचेल स्टार्कले १ विकेट लिए।