काठमाडौँ,१असार । तीन युरोपेली देशको साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ।
अन्तरर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहमा सहभागी हुन जेठ २५ गते स्वीट्जरल्यान्डको जेनेभातर्फ लाग्नभएका प्रधानमन्त्री ओली असार १ गते आइतबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुर्भका हो ।
उहाँलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेलसहितको टोली विमानस्थलमै पुगेका थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण अत्यन्त सफल भएको र यूरोपेली मुलुकहरुसंगको सम्बन्ध नयाँ उचाईमा पुगेको प्रतिक्रिया दिनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट््िरय विमानस्थलको अतिविशिष्ट कक्षमा भएको पत्रकार सम्मेलनमा उहाँले गुठी सम्बन्धी विधेयकमा कमी कमजोरी रहेको भए सच्याइने बताउनुभएको थियो ।
स्वीट्जरल्याण्डबाट बेलायत हुँदै फ्रान्स र त्यहाँबाट पुनस् जेनेभा फर्किएका प्रधानमन्त्री ओली शनिबार बेलुका नै त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओलीले बेलायत भ्रमणका क्रममा समकक्षी टेरेजा मे र बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको थियो भने फ्रान्समा समकक्षीे फिलिपसँग पनि भेटवार्ता गर्नुभएको थियो ।


















