Prakash Adhikari July 2, 2019

लण्डन(संयुक्त अधिराज्य), १६ आषाढ । सेमिफाइनल यात्रामा लगभग बाहिरिने अवस्थामा पुगेपछि आइतबार भएको एकदिवसीय क्रिकेटको विश्वकप अन्तर्गतको ३९ औं खेलमा श्रीलंकाले वेस्टइन्डिजलाई २३ रनले पराजित गरेको छ।

जितपछि श्रीलंका १ खेल खेल्न बाँकी रहदा बंगलादेशलाई उछिन्दै अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ।

खेलमा श्रीलंकाले यो विश्वकपभरकै शानदार योगफल तयार पार्दै ३ सय ३८ रन बनायो । उसले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाउदै नतिजा श्रीलंकालाई सुम्पियो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले १ सय १८, फाबीयन एलेन ५१, क्रिस गेल ३५, शिमरन हेटमायर २९,जो होल्डर २६, कार्लोस ब्राथवेट ८, शेल्डन कटरेल ७, सुनिल एम्ब्रिस ५, शाई होप ५ , ग्रावियल ३, थोमस १ रनको योगदान गरे ।

Sri Lanka: Dimuth Karunaratne (C), Kusal Perera (WK), Avishka Fernando, Kusal Mendis, Angelo Mathews, Lahiru Thirimanne, Dhananjaya de Silva, Isuru Udana, Jeffrey Vandersay, Kasun Rajitha, Lasith Malinga

West Indies: Chris Gayle, Sunil Ambris, Shai Hope (WK), Nicholas Pooran, Shimron Hetmyer, Jason Holder (C), Carlos Brathwaite, Fabian Allen, Sheldon Cottrell, Oshane Thomas, Shannon Gabriel

वेष्ट इण्डिजलाई रोक्ने क्रममा श्रीलंकाको बलिंगमा लासिथ मालिंगाले सर्वाधिक ३ विकेट लिए भने कासुन रजिथा जेफ्री भानडर्स र एन्जेलो म्यथुजले १ । १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो।

श्रीलंकाको लागि अभिस्का फर्नान्डोले करियरकै पहिलो तथा प्रतियोगितामा श्रीलंकाको लागि पहिलो शतक बनाउने क्रममा सर्वाधिक १०४ रन बनाए। कुशल परेरले ६४, लाहिरु थिरीमानेले ४५, कुशल मेन्डिसले ३९, क्याप्टेन डिमुथ करुणारत्नेले ३२,एन्जेलो म्याथुजले २६, धनञ्जय डे सिल्भाले ६ र इशुरु उदानले ३ रनको योगदान दिए ।

श्री लंकालाई रोक्ने क्रममा वेस्ट इन्डिजको बलिंगमा कप्तान जेसन होल्डरले २ तथा शेल्डन कटरेल, ओशेन थोमस र फाबियन एलेनले १ । १ विकेट लिए।

World Cup

TEAM M W L PT NRR
AUS 8 7 1 14 1
INDIA 7 5 1 11 0.854
NZ 8 5 2 11 0.572
ENG 8 5 3 10 1
PAK 8 4 3 9 -0.792
SL 8 3 3 8 -0.934
BDESH 7 3 3 7 -0.133
SA 8 2 5 5 -0.08
WI 8 1 6 3 -0.335
AFG 8 0 8 0 -1.418

यो जितसँगै श्रीलंकाले ८ खेलबाट ३ जित र ३ हार तथा दुई खेलमा अंक बाँड्दै ८ अंक जोडेको छ। अब श्रीलंका सेमिफाइनलमा पुग्नका लागि इंग्ल्यान्ड, पाकिस्तान र बंगलादेशले एक एक खेल हारेर आफ्नो अन्तिम खेलमा श्रीलंकाले फराकिलो अन्तरले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यो संभावना यथार्थमा परिणत हुन भने निकै कठिन देखिन्छ ।

Share Now

Leave a comment.