Prakash Adhikari July 3, 2019

लण्डन(संयुक्त अधिराज्य), १८ आषाढ । बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत एक दिवसीय क्रिकेट विश्वकप सेमीफाइनलमा पुगेको छ।

बर्गिड.घमममा मंगलबार सम्पन्न खेलमा भारतले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २ सय ८६ रनमा सबै विकेट गुमाउन पुग्यो।

बंगालादेशका लागि सकिव अल हसले ६६, मोहम्मद निजाउद्दिनले ५१, सविर सहमानल ३६, मुफासिकर रहमानले २४, लायन दास र तामिम इकबालले २२।२२, रुवेल हसन ९, मासरफ मोरताजले ८ रन र मोसादिक हसनले ३ रन बनाए । बंगलादेशले ४८ ओभरमा २ सय ८६ रनमा सबै विकेट गुमाउन पुग्यो।

World Cup

TEAM M W L PT NRR
AUS 8 7 1 14 1
INDIA 8 6 1 13 0.811
NZ 8 5 2 11 0.572
ENG 8 5 3 10 1
PAK 8 4 3 9 -0.792
SL 8 3 3 8 -0.934
BDESH 8 3 4 7 -0.195
SA 8 2 5 5 -0.08
WI 8 1 6 3 -0.335
AFG 8 0 8 0 -1.418

वंगादेशलाई रोक्न भारतका जस्प्रित बुम्राहले ४, हार्दिक पान्ड्यालेले ३, भुवनेश्वर कुमार मोहम्मद शामी र युझ्भेन्द्र चाहल ले १ ।१ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३सय१४ रन बनाएको थियो।

भारतको लागि रोहित शर्माले १०४ लोकेश राहुलले ७७, रिशभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५, बिराट कोहलीले २६ रन , दिनेश कार्तिक ८, विजय कुमार २ र मोहम्मद सामीले १ रनको योगदान दिए ।

भारतलाई रोक्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले ५ तथा शकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले १ । १ विकेट लिए।

यो जितसंगै भारत विश्वकपको सेमीफाइनलमा सातौँ पटक पुगेको छ। यस अघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा उसले सेमीफाइनल यात्रा तय गरेको थियो। सन् २०१३ को च्याम्पियन्स ट्रफीको जित पछि भारत लगातार आईसीसी इभेन्टमा सेमीफाइनल पुग्दै आएको छ। यस क्रममा २०१४ टि २० विश्वकप, २०१५ विश्वकप, २०१६ टि २० विश्वकप, २०१७ च्याम्पियन्स ट्रफीमा भारतले सेमीफाइनलमा स्थान बनाएको थियो।

जारी विश्वकपमा अस्ट्रेलिया पछि सेमीफाइनलमा पुग्ने भारत दोस्रो टीम हो । अब न्युजिल्याण्ड, इंग्ल्याण्ड र पाकिस्तानले सेमीफाइनल पुग्न बाँकी २ स्थानको लागि प्रतिस्पर्धा गर्दैछन््। अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रीका, श्रीलंका सेमीफाइनल पुग्न असमर्थ भैसकेका छन्।

Share Now

Leave a comment.