Prakash Adhikari July 18, 2019

धनगढी(कैलाली), २ साउन । धनगढी उपमहानगरपालिका ३ को चटकपुरस्थित निलम होटल अगाडि शक्तिशाली बम बिस्फोट भएको छ।

बिहीबार साँझ करिब ७ बजेतिर भएको बिस्फोटमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । तीन जना सामान्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय मेट्रो अस्पतालमा उपचार भइराखेको छ।

घाइते हुनेमा होटलका सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, राम सिंह, मोविन खान र लक्ष्मण सेरेला छन्।

घटनास्थलबाट चाइनिज पेस्तोल फेला परेको छ।

विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला विप्लव समूहको कार्यकर्ता भएको प्रहरीको दावी छ ।

विष्फोट पदार्थको ओसार पोसारमा सक्रिय समूहले सावधानी अपनाउन नसक्दा सो विष्फोट भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रत्यक्षदर्शीहरुले घाइते मध्येका सिंहले हातमा टिफिन बक्स पनि लिएको र झोला पनि भिरेको बाएका छन् । उनीहरुले बोलएर होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री पनि उनीहरु छेउ पुगेका थिए ।

जेठमा काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको बम विष्फोटमा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । विप्लव समूहका कार्यकर्ताले विष्फोटक पदार्थ सही तरिकाले सम्हाल्न नसक्दा दुर्घटना भएको थियो ।

 

Share Now

Leave a comment.