सानेपा(ललितपुर), ५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ९ गते बिहीबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
यस अगाडि कांग्रेसले ७ गते केन्द्रीय समितिको बैठक डाकेको थियो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्ति अनुसार बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।


















