Prakash Adhikari July 23, 2019

 

सिंगापुर सिटी(सिंगापुर), ७ साउन । सन २०२० मा अष्टेलियामा आयोजना हुने टी २० विश्वकप प्रतियोगिताको लागि भएको एशिया छनोट चरणको पहिलो खेल नेपाल र कतारको बीचमा चलिरहेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिड. रोजेको छ ।

नेपालका ओपनर तथा कप्तान पारस खड्का छैठौ ओभरको अन्तिम बलमा२८ रन बनाएर आउट भए भने र त्यस लगत्तै नवौ ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए । ११ औं ओभरको पहिलो बलमा शरद भेषवाकर ७ रनमा आउट भएका छन् ।१४ औं ओभरको पाँचौ बलमा सोमपाल कामी ११ रनमा रन आउट भएका छन ।

पाँच टोली सम्मिलित यस प्रतियोगितामा नेपाल उच्च वरियताको टिम हो । प्रतियोगितामा नेपालका अतिरिक्त आयोजक सिंगापुर,मलेशिया,कुवेत र कतार सहभागी छन् ।

राउन्ड रोविन लिग प्रणालीको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले युएईमा अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रतियोगिताको पहिलो दिन सोमबार घरेलु टोली सिंगापुर र मलेसियाले आआफ्नो खेलमा जित हासिल गरिसकेका छन् ।

नेपाल र कतारका सिनियर टिमबीच अहिलेसम्म ट्वान्टी–२० फम्र्याटमा २ खेल भएका छन् । सन् २००७ मा भएको एसीसी ट्वान्टी–२० कपमा कतार ३ विकेटले विजयी भएको थियो भने २००९ मा भएको सोही प्रतियोगितामा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । नेपाल र कतारबीच ट्वान्टी–२० खेल एक दशकपछि हुन लागेको हो ।

आईसीसीको वरियतामा नेपाल कतारभन्दा माथि छ । नेपाल ११ औं वरियतामा छ भने कतार २१ वरीयतामा छ । कतार सोमबार भएको पहिलो खेलमा आयोजका सिंगापुरसँग ३३ रनले पराजित भएको छ ।

नेपालले सन् २०१४ मा वंगलादेशमा भएको टी २० विश्वकपमा सहभागिता जनाईसकेकोले यो प्रतियोगिताको उपाधिको स्वभाविक दावेदारका रुपमा पनि लिइएको छ ।

नेपालको दोस्रो खेल जुलाई २४ मा मलेसियासंग तेस्रो खेल जुलाई २७ मा कुवेतसंग र चौथो खेल जुलाई २८ आयोजक राष्ट सिंगापुरसंग हुँदैछ ।

Share Now

Leave a comment.