Prakash Adhikari July 23, 2019

 

सिंगापुर सिटी(सिंगापुर), ७ साउन । २०१० मा हुने आईसीसी टी २० विश्व कप छनोटको चरण अन्तरगत एसिया छनोटको पहिलो खेलमै नेपाललाई अनपेक्षित पराजयको नतिजा ब्यहोर्न बाध्य भएको छ । सिंगापुरमा मंगलबार बिहान भएको खेलमा नेपाल कतारसंग ४ विकेटले पराजित भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १ सय २३ रनको लक्ष्य कतारले ६ विकेट गुमाएर १९.२ ओभरमा पूरा गर्यो।

कतारका लागि इमान उल हक ४१,कामरान खान २२,नौमान सरोवर १५,जहिर इब्राहिम १२, मोहम्मद तनबीर ११, तमुर सज्जाद र मोहम्मद रिजियानले ९ ।९ तथा फैसल जावेदले १ रनको योगदान गरे ।

कतारलाई रोक्न नेपालको बलिङ्गमा सन्दिप लामिछानेले ३,करन के.सी.ले१ विकेट लिए।

यस अगाडि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।

नेपालको लागि ओपनिंग गर्न आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे। पारस २८ रन बनाएर आउट भए ।पारसलाई गुमाएको लगत्तै नेपालले ज्ञानेन्द्र मल्ललाई पनि नवौं ओभरमा गुमाउन पुग्यो। मल्लले २३ रनमात्र जोडे । त्यसपछि ब्याटिड. सम्हालेको शरद भेसावकर पनि ७ रनमा आउट भए । नेपालको विकेट झर्ने क्रम रोकिएन । सोमपाल कामी पनि ११ रन बनाएर रन आउट भए । बिनोद भण्डारी ३ रन बनाएर बाहिरिए ।दिपेन्द्र एेरी पनि १९ औं ओभरमा ३४ रन बनाएर आउट भए । अन्य
खेलाडीहरुमा करन केसीले ४ , सन्दिप लामिछाने ९ , बसन्त रेग्मी१ र अविनाश बोहराले १ रन जोडे । अन्तराष्टिय खेलको यस्तो योगदान सम्मानजनक रहेन । अन्तिम ओभरको चौथो , पाँचौ र छैठौं बलमा नेपालले लगातार ३ विकेट गुमाएको थियो।

नेपालको यात्रामा शुरुमा नै अवरोघ सिर्जना गर्न कतारका इकबाल हुसेनले सर्वाधिक ३, तमुर सज्जाद र नौमन सरवारले २ । २ विकेट लिए।

कतारले हिजो भएको खेलमा आयोजक सिंगापुरसँग ३३ रनको पराजय ब्यहोरेको थियो । पाँच टोली सम्मिलित प्रतियोगितामा नेपालले अब मलेशिया, कुवेत,सिंगापुरसंग खेल्न बाँकी छ । खेलको शीर्ष स्थानमा रहने टोलीले अक्टोवर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रतियोगितामा कतारले आफ्नो दोस्रो २ खेलबाट २ अंक जोडेको छ । सिंगापुर र मलेसियाले एक एक जित हासिल गरी २ । २ अंक जोडेका छन् । नेपाल र कुवेत अहिलेसम्म अंकबिहीन छन् ।

शीर्ष स्थानमा रहेर ग्लोवल क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले बाँकी तीनै खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्छ । आजको खेलमा नेपालले यु १९ टीमका कप्तान रोहित कुमार पौडेललाई ब्याटिडंमा स्थान नदिनु टिम क्याप्टेन र प्रशिक्षकको कमजोरी मानिएको छ ।

नेपालले बुधबार मलेसियासँग खेल्नेछ भने शनिबार सिंगापुर र आइतबार कुवेतबिरुद्ध खेल्नेछ ।

Share Now

Leave a comment.