Prakash Adhikari July 30, 2019

काठमाडौं, १४ साउन । दल नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतालाई लिएर संयुक्त अरब इमिरेट्सको दुबाईतर्फ प्रस्थान गर्नुभएको छ।

मंगलबार बिहान साढे ९ बजे दाहाल दम्पत्ती फ्लाई दुबाईको उडानमार्फत दुबाईतर्फ उड्नुभएको हो। दाहालको यो भ्रमण पत्नी सीताको इच्छामा भएको र नितान्त पारिवारिक भएको बताइएको छ । तर केही समय अगाडि भारतको गुप्तचर संस्थाका प्रमुखसंग भेट गरेको चर्चा सेलाउन नपाउदै भएको उहाँको दुवाई भ्रमणमा कुनै राजनीतिक भेटघाट नहोला भन्न सकिन्न ।

सीधै दिल्ली जाँदा सार्वजनिक आलोचना खप्नुपर्ने भएकोले केही बर्षयता नेपालका नेताहरुले राजनीतिक भेटघाटको स्थल सिंगापुरलाई बनाउदै आएका छन् ।

प्रधानमन्त्री के.पी. शर्मा ओली १८ गते स्वास्थोपचारको सिलसिलामा सिंगापुर जाने तयारी भैरहेको बेला नेकपाका अर्का अध्यक्षको दुबाई भ्रमण सांकेतिक मानिएको छ । पार्टी सचिवालयको चालु बैठक स्थगित गरी नेकपाका दुई अध्यक्ष विदेश भ्रमण निर्धारण गर्नुभएको हो ।

प्रचण्ड निकट स्रोतले उहाँको यस भ्रमणलाई विशुद्ध पारिवारिक भ्रमण भनेको छ । उहाँकी पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राख्नु भएको सो रहर पूरा गर्न उहाँ दुबाई जान लाग्नु भएको हो । उहाँहरुको साथ छोरी रेणु र गंगा दुबाई जानुभएको छ ।

भ्रमणको चाँजोपाँजो व्यक्तिगत हो वा कुनै व्यापारीहरुले मिलाएका हुन यो पनि खुलेको छैन् । जनयुद्धकालमा लुटिएका सम्पत्ति र प्रधानमन्त्री हुँदा आर्जन भएको दाहालको सम्पत्ति नवधनाढ्य ब्यापारीहरुले उपयोग गरिरहेको बताइन्छ । आफ्नी राजनीतिक उत्तराधिकारीको रुपमा रहेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल पनि संगै जानुभएकोले कतिपयले सम्पत्ति व्यवस्थापन पनि एक एजेण्डा हुन सकने बताएका छन् ।

दाहाल परिवार दुबईको भ्रमण सकेर १८ साउनमा स्वदेश फर्कने कार्यक्रम छ । प्रचण्ड पत्नी सीता पुत्र प्रकाशको असामयिक निधनपछि विक्षिप्त बन्नुभएको छ । उहाँमा प्रेसर, सुगरसहित शरीर कुँजिने लगायतका समस्या छन् । सिंगापुरमा भएको उपचारले प्रगति नभएपछि केही समय पहिलो उहाँले पत्नीलाई अमेरिका पनि लैजानुभएको थियो ।

एक छोरीको क्यान्सरबाट र पुत्र प्रकाशको अप्रत्याशित निधनले मर्माहत सीतालाई आध्यात्मिक वातावरणमा घुलमिल गराएर सामान्य अवस्थमा ल्याउन सकिने देखिन्छ तर भौतिक सुखका लागि आम नागरिकको हत्या गरेर सत्ता कब्जा गर्ने अभ्यासबाट सत्तामा पुग्नुभएका प्रचण्डको परिवारमा उहाँले त्यो वातावरण पाउने संभावना देखिदैन ।

Share Now

Leave a comment.