Prakash Adhikari August 18, 2019

 

काठमाडौं, १ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको वरियताक्रममा संशोधनसहित २२ वटा जनवर्गीय संगठनको इन्चार्ज,सहइन्चार्ज र सदस्य सचिवको मनोनयन गरेको छ र सो निर्णयमा पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ अर्थात असहमति लेखेर विरोध जनाउनु भएको छ ।

नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकले पार्टीको वरियता मिलाउने क्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालाईलाई पार्टी अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको लगत्तै तेस्रो बरियतामा राखेकोमा नेता नेपालले असहमति जनाउनुभएको हो । यस अगाडि तेस्रो वरियतामा नेता नेपाल स्वयं हुनुहुन्थ्यो ।

नेता नेपालले सचिवालयमा पूर्वएमालेका तीन नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई मनोनयन गर्नपर्ने प्रस्ताव पनि गर्नुभएको थियो तर उहाँको प्रस्तावको कुनै सुनुवाई भएन । आजको बैठकमा निकै अपमानित महसूस गर्दै अप्ठ्यारो मानेर सहभागी भैरहनुभएका नेता नेपालले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज नियुक्त गर्ने निर्णयमा पनि नोट अफ डिसेन्ट लेख्नु भएको छ। पार्टीका २२ वटा जनवर्गीय समितिका अध्यक्ष, इन्चार्ज,सहइन्चार्ज र सदस्य सचिवको निर्णय भएकोमा ६ वटा संगठनका पदाधिकारीहरुको बारेमा उहाँले असहमति जनाउनुभएको छ ।

वर्गीय संगठनमा को को ?

नेकपाका एक वरिष्ठ नेताले दिनुभएको जानकारी अनुसार आज बसेको बैठकले उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सह(इन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकेको छ । त्यस्तै युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराललाई तोकिएको छ ।

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेल तोकिनुभएको छ भने पेशागतको इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली मनोनयन हुनभएको छ ।

उद्योगी व्यवसायी विशेष कमिटीको इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल रहनुभएको छ भने केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह(इन्चार्जमा डिलाराम आचार्य र झक्कु सुवेदी रहनुभएको छ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ तथा किसानको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिनुभएको छ ।

नेकपाले महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशिखालाई जिम्मेवारी दिएको छ भने विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाललाई तोकेको छ । वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्कीलाई मनोनयन गरिएको छ भने पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ ।

Share Now

Leave a comment.