Prakash Adhikari August 19, 2019

काठमाडौं, १ भदौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ

उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

सो जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।

 

८० सिट क्षमताको यी जहाजबाट एयरलाइन्सले श्रीसँग भएका सिआरजे सिरिजका जेट जहाजभन्दा न्यून इन्धन खपत गर्ने छ ।

भारतीय सहरमा चार्टर्ड उडानका लागि सफल परीक्षण उडान गरिसकेको एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पनि पाएको छ। श्रीसँग आज आएको जहाजसँगै ५ पुगेका छन्। श्रीसँग ५० सीट क्षमताका सिआरजे २०० जहाज २, ७० सीट क्षमताका सिआरजे ७०० जहाज २ र क्वू ४०० सिरिजको जहाज १ भएका छन्।

करिब एक अर्ब लगानीमा एयरलाइन्सले २ जहाज ल्याउने घोषणा गरेको एयरलाइन्सले पहिलो जहाज आज काठमाडौं ल्याइपुर्‍याएको हो।

Share Now

Leave a comment.