कोलम्बो(श्रीलंका),२० भाद्र । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको पहिलो भिडन्त घरेलु टिम श्रीलंकासँग हुँदैछ ।
श्रीलंकाको रणसिंघे प्रेमदाशा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा १० बजेबाट सुरु हुनेछ ।
श्रीलंकाको मौसम संबन्धी जानकारी दिने निकायले दिउसो १२ बजेपछि कोलम्बोमा बर्षाको सम्भावना देखाएको छ । यसर्थ आजको खेल बर्षाले प्रभावित हुने सम्भावना पनि रहेको छ ।
https://www.facebook.com/CricketRaman/videos/489072808537839/
नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग सन् २००० मा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई मा प्रतिस्पर्धा गरेको थियो ।
उक्त खेलमा नेपाली टोलीको कप्तान विनोद दासले गरेका थिए। जुन खेलमा नेपाल पराजित भएको थियो ।
क्रिकेट पनि संभावनाको खेल हो । आत्मबल बलियो बनाएर मैदानमा प्रवेश गर्नेले अनपेक्षित नतिजा निकाल्न सक्छ । भाग्य र कला दुवैले साथ पाए नेपालले श्रीलंकालाई हराउन नसक्ने कुनै कारण छैन् ।


















