Prakash Adhikari September 9, 2019

 

विस्केक(किर्गिस्तान), २३ भाद्र । नडेज्दा कप महिला च्याम्पियनसीपमा सहभागी भैरहेको नेपाली महिला फुटबल टोली आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानसंग पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपाल ० -२ ले पराजित भएको थियो ।

पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को शानदार जीत निकालेको थियो ।

दोस्रो खेलमा हार भएपनि नेपालको फाइनल प्रवेशको सम्भावना कायम छ ।

फिफा वरियतामा उज्बेकिस्तान ४४औं स्थानमा छ भने नेपाल १०६औं स्थानमाछ ।

नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्नेछ ।

Share Now

Leave a comment.