भरतपुर(चितवन),२५ भाद्र । वर्तमान राजनीतिक व्यवस्था र सत्ताको विरुद्धमा आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजबाट पक्राउ पर्नुभएको छ ।
नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव रहनुभएका प्रकाश चन्दसहितका १५ जना विद्यार्थीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजमा विद्यार्थी आन्दोलन सुरु भएको थियो ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाशले सोही मेडिकल कलेजमा इन्टर्नसिप गरिरहनुभएको छ ।
सरकारले उहाँलाई बाबुको नेतृत्वमा वर्तमान राज्य व्यवस्था र वर्तमान सत्ताविरुद्ध भइरहेको संघर्षको वार्गेनिड. चिप्स बनाउछ कि रिहा गर्छ ? त्यसै भन्न सकिने स्थिति छैन ।


















