Prakash Adhikari September 21, 2019

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशका ६ ओटै महानगरका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

बैठकले काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिव रविन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको छ । ललितपुर महानगरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखरा महानगरको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछानेलाई टिको लगाएको छ । भरतपुर महानगरको अध्यक्षको जिम्मेवारी रामप्रसाद न्यौपाने र, सचिवको कार्यभार ईश्वर सापकोटालाई दिइएको छ । वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मालाई छानिएको छ भने विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

पूर्व एमाले र पूर्व माओवादीको सन्तुलन मिलाएर जिम्मेवारी दिइएको भए पनि विगतमा जनमतका आधारमा नेतृत्व चयन गरी सबल आधार बनाएको पूर्व एमाले पडि.तमा टिके प्रथाप्रति चरम असन्तुष्टी रहेको बताइन्छ ।

Share Now

Leave a comment.