Prakash Adhikari September 23, 2019

प्यूठान,६असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारल न्यायपालिका र अख्तियारसहित सबै संवैधानिक निकायहरुलाई तर्साएकोे आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेसको जनजागरण अभियानको दोश्रा चरणका कार्यक्रममा प्यूठानमा अयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार र अदालत सवै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साइएकोले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताउनुभयो ।

पौडेलले भन्नुभयो–‘हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’

वरिष्ठ नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाउदै सरकारले विना प्रतिष्पर्धा ठूला आयोजना ठेक्का दिँदै भ्रष्टाचारलाई बढबा दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूला ठूला आयोजना ठूला ठूला मान्छे मिलेर मात्र भएका छन् ।’

पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ । हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु ग¥यो । बाटो, विजुली, पानी शिक्षा स्वास्थ्य गाँउ गाँउमा हामीले पु¥याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसंग गाँउ गाँउमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सवै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’

पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताउदै भन्नुभयो, ‘हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ । कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन् । मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र हो । दासताको युग थियो त्यो समाप्त भयो । पुँजीपतिको युग थियो त्यो पनि समाप्त भयो । अहिले कम्युनिष्टको युगमा सवै वराबरी भयो भन्ने सोचेका थिए । तर अहिले कम्युनिष्टहरु नै नयाँ वर्ग जन्मिएको छ । हिजो सामान्य जनता जहाँको त्यही छ अहिले कम्युनिष्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको छ ।’

पौडेलले दुई तिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानुन ल्याउन खोजिदै छ । मानवअधिकार आयोगको अधिकार कटौती गरीएको छ । हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’ नेता पौडेलले सवै पार्टीको सहमतिमा बनेको नागरिकता ऐन लहडमा फेर्न नहुने कांग्रेसको धारणा रहेको बताउनुभयो ।

Share Now

Leave a comment.