Prakash Adhikari September 30, 2019

काठमाडौं,१३ असोज । सिटिजन्स बैंकका नवनिर्वाचित अध्यक्ष राजनसिंह भण्डारीले असोज १२ गते आइतबार शपथ ग्रहण गर्नुभएको छ। अध्यक्ष भण्डारीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो।

भण्डारीले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका सपथ ग्रहण गर्नुभएको हो ।

सिटिजन्स बैंकको सञ्चालक समितिको बैठकले असोज १० गते बसेको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको थियो ।

बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल पूरा गर्नुभएका अध्यक्ष भण्डारीले आगामी ४ बर्षको लागि आइतबारबाट नै पदभार ग्रहण गर्नुभएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८२ वटा शाखा, ७९ वटा एटीएम र १ सय २ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

सिटिजन बैंकले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ।

Share Now

Leave a comment.