Prakash Adhikari October 1, 2019

 

सिंगापुर सिटी(सिंगापुर),१४ असोज । सिंगापुरमा भैरहेको नेपाल,सिंगापुर र जिम्बाबेबीचमको त्रिकोणात्मक टी–२० श्रृखला अन्तरगतको आफ्नो तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४०रनले पराजित भएको छ ।

इण्डियन एसोसियसन खेल मैदानमा भएको मंगलबारको प्रतियोगितामा टस जितेर बलिड. रोजेको नेपाललाई जिम्बाबेले १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

तर नेपाल निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो र ४० रनले पछाडि पर्दै खेलको नतिजा टेष्ट टीम जिम्बाबेलाई सुम्पियो ।

ब्याटिड.मा नेपालको शुरुआत राम्रो हुन सकेन । इशान पाण्डेका ठाउँमा खेलेका पवर्न शर्राफ कप्तान पारस खड्कासँग ओपनिङ आए त। उनले खाता खोल्न सकेनन् ।

दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए । खड्का आउट हुँदा ३३ रन बनाएको नेपालका लागि आरिफ शेख र विनोद भण्डारीले नेपालको पारि अघि बढाएका थिए ।

तर ५४ रन पुग्दा आरिफ शेख आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाएका थिए । नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो । मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए ।

सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर व्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए । १०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १० बल फेस गरेका करणले १ चौका र १ छक्का प्रहार गरेका थिए । १८ औं ओभरमा १ सय ११ रन रहेका बेला विनोद भण्डारी आउट भएपछि नेपालको झिनो आशा पनि सकिएको थियो । भण्डारीले ३३ बलमा ३५ रन बनाएका थिए । १८.५ ओभरमा सुशन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने र अभिनाश बोहराले क्रमश ५ र ३ रन बनाएर नट आउट रहे । २० ओभरमा नेपालले १ सय २० रन बनाउँदा ९ विकेट गुमाएको थियो ।

नेपाललाई रोक्ने क्रममा जिम्बावेका सिन विलियम्सले तीन विकेट लिएका थिए ।

यस अगाडि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो ।नेपालका लागि सन्दिप लामिछानेले जिम्बावेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि ३० रनमा नेपालले दोस्रो सफलता हात पार्यो ।

सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट भए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिए । सन्दीपले नेपालको स्कोर ३८ रन हुँदा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए ।

जिम्बावेका पिटर मोर १४ रनमा आउट भए । चौथो विकेटका लागि कप्तान सिन विलियम्स र टिनोटेन्डा विच ६० रनको साझेदारी भएको थियो । जसमा टिनोटेन्डालाई सोमपाल कामीले २० रनमा आउट भए । सोमपालको यो ब्यक्तिगत दोस्रो विकेट हो ।

त्यसपछि जिम्बावेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्यो । सो बेला जिम्बावेको स्कोर एक सय १२ रन थियो ।

जिम्बावेका लागि रिचमन्डले १७ रन बनाए भने बुर्लले २८ रनको योगदान गरे ।

Share Now

Leave a comment.