काठमाडौं,३० असोज । बैंक अफ काठमान्डूको बिहीबार सम्पन्न साधारण सभाले १७ प्रतिशत लाभांश पारित गरेको छ ।
एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु भएको साधारण सभाले गत वर्षको कमाईबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस दिएको हो ।
बोनसपछि चुक्ता पुँजी वृद्धि भएकाले सोही ेबमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि अनुमोदन भएको छ ।
आर्थिक वर्ष २०७५ । ७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि पारित भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७६। ७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा स्वीकृत भएको छ ।
६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुगेको छ। असार मसान्तसम्म बैंक अफ काठमान्डूले १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यसको प्रति सेयर आम्दानी २४ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ ।


















