काठमाडौं, ६ कार्तिक । काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्यालयको बरण्डा भत्किँदा ४० विद्यार्थी घाइते भएका छन् ।
महानगरीय प्रहरी परिषद् काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बुधबार दिउँसो करिब ३ बजे विद्यालयको बरण्डा भत्किँदा ४० विद्यार्थी सामान्य घाइते भएका हुन्।
काठमाडौंको तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डाको रेलिड.् भाँचिएर घाइते भएका हुन् ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।


















