काठमाडौं,१४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उहाँलाई बिहीबार साँझ डिस्चार्ज गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको बुधबार र बिहीबार गरी दुई पटक डायलासिस गरिएको थियो।
अस्पतालबाट बाहिरिँदै गर्दा उहाँले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू ठीक रहेको बताउनुभएको छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि ओली बा२ झ ३२२७ नम्बरको गाडीमा बालुवाटार फर्कनुभएको थियो।


















