काठमाडौं, १५ कार्तिक । यही नोभेम्बर १२ देखि २४ सम्म बंगलादेशमा हुने एसीसी इमर्जिङ कपमा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ ।
यस प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । यो समूहमा नेपालका अतिरिक्त भारत, बंगलादेश र हङकङ रहेका छन् ।

यस्तै समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान रहेका छन् । नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्ने छ ।
१६ नोभेम्बरमा नेपालले हङकङसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १८ नोम्भेरमा खेल्ने छ ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
फाइनल खेल २३ नोभेम्बरमा मिरपुरमा हुने छ ।


















