आबुधावी(संयुक्त अरब इमिरेट्स), १ मंसिर । यूएईको आबुधाबीमा भैरहेको आबुधावी टी १० प्रतियोगितामा नेपाली खेलाडी आबद्ध दुई टीमहरुको आइतबारको खेलमा अचम्मको परिणाम आएको छ ।
नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले टीमको दोस्रो खेलमा २ ओभर बलिड. गर्दै २ विकेट र १ विकेट रन आउटबाट लिने योगदान दिंदा पनि उनको टीम कर्नाटका टस्कर्स पराजित भएको छ भने नेपाली क्रिकेटका भरोसा तथा चम्किला नक्षत्र मानिएका पूर्व राष्ट्रिय कप्तान पारस खड्काले १ रनको योगदान दिंदा पनि उनको टीम आबुधाबी विजयी बनेको छ ।

सन्दीपको उत्कृष्ट बलिड.
आबुधावीमा जारी टी १० क्रिकेट लिगमा कर्नाटका टस्कर्सका लागि बलिड.गरेका नेपाली खेलाडी सन्दीप लामिछानेले चौथो र छैठौ ओभर बलिड. गरेका थिए । उनले चौथो ओभरको दोस्रो बलमा आन्द्रे फिच्नरलाई आउट गरे भने छैठौं ओभरको कोलिन इन्ग्रामलाई रन आउट पारेर पेभिलियनको बाटो देखाए भने छैठौं बलमा थिसरा परेरालाई बाहिर पठाए । उनले दुई ओभरका १२ बलमा जम्मा ९ बनाउने मौका दिएर २ विकेट लिए । उनले पहिलो ओभरमा ५ रन दिए । दोस्रो ओभरमा उनले मात्र ४ रन दिए ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाउँदै १ सय १४ रन बनायो ।
उसका लागि जोनसन चाल्र्सले ५७ तथा कप्तान हसीम अमलाले ३९ रन बनाए भने रस ह्वाइटलेले २ रनको योगदान दिए ।
टस्कर्सलाई रोक्न केल्भिन कोथथिड.गडाले १ विकेट लिए ।
जवाफमा १ सय १५ रनको लक्ष्य लिएको बंगला टाइगर्सले निर्धारित १० ओभरको खेलमा ८.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय १७ रन जोडेर नतिजा आफ्नो पक्षमा पार्यो ।
उसका लागि आन्द्रे फिस्चनरले ४०,टम मोरले २८, रिले रसोले २२, रोबिन फ्यांकलिंकले १३, डि वाइज र कोलिन इन्ग्रामले ४ । ४, र थिसरा परेराले ३ रनको योगदान दिए ।
बंगला टाइगर्सलाई रोक्नका लागि नेपालका सन्दीप लामिछानेले २, सपुर जर्दान र अहमद राजाले १ । १ विकेट लिए भने सन्दीपले गरेको बलिड.मा एक रन आउट आयो ।
टीम विजयमा पारसको योगदान
नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्का आफ्नो टीमको दोस्रो खेलमा पनि पर्न सफल रहे । नर्थन वारियर्स विरुद्ध मैदानमा उत्रिएको उनको टीम आबुधाबीले ६ विकेटको विजय निकाल्यो ।
टीमका लागि नवौं ओभरको दोस्रो बलमा ब्याटिड. गर्न पाएका पारसले १ बलमा १ रन निकालेका थिए । त्यसपछिको बलमा उनको टीमलाई जितको लागि १ रन चाहिएको थियो जुन डेभिजले खेर जान नदिइकन पूरा गरे ।

आइतबारको खेलमा पहिले ब्याटिड. गरेको नर्थन वारियर्सले १ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । ९३ रनको लक्ष लिएको टीम आबुधाबीले ८.३ ओभरमा ४ विकेटको क्षतिमा आवश्यक रन जोडेर पूरा गर्यो ।
टीम आबुधाबीका लागि लुक राइटले ४८, मोइन अलीले ३०,निरोसन डिकवाले ८ तथा एलेक्स डेभिस र पारस खड्काले १।१ रनको योगदान दिए ।
टीम आबुधावीलाई रोक्ने क्रममा क्रिस ग्रीनले २ तथा एम देवाले १ विकेट लिए ।
यस पहिले ब्याटिड.मा उत्रेको नर्थन बारियर्सले निर्धारित १०ओभरको खेलमा १ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । उसका लागि आन्द्रे रसेलले ३७, साम बिलिड.ले ३५ र डरेन सामीले १७ रनको योगदान गरेका थिए ।
बारियर्सलाई रोक्ने क्रममा टीम आबुधाबीका बेन लोघलिनले १ विकेट लिएका थिए ।


















