Prakash Adhikari November 18, 2019

 

ढाका(बंगलादेश), २ मंसिर । एसीसी इमर्जिङ कप अन्तर्गत समूह चरणको सोमबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसमक्ष १ सय ३९रनको लक्ष्य दिएको छ ।

बंगलादेशको साभारस्थित मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १सय ३८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । ज्ञानेन्द्र मल्ल २२, करण के.सी.ले १८ रन, आरिफ शेखले ११ रन कुशल भुर्तेलले १० रन, पवन सर्राफले ९ रन, विनोद भण्डारीले ८ रन, दिपेन्द्रसिंह ऐरी ६, शरद भेषावकर १को योगदान दिए । सन्दीप जोरा शून्य रनमा पवेलियन फर्किए ।

नेपाललाई रोक्ने क्रममा बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले ३ विकेट लिए भने तानबीर इश्लाम र सुमोन खानले २।२ विकेट लिए ।

अघिल्ला दुई मध्ये एकमा जित र एकमा पराजय भोगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउनका लागि बंगलादेशविरुद्धको जित अनिवार्य छ ।

Share Now

Leave a comment.