पोखरा(कास्की),१५ मंसिर । कास्की २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा नेकपाका उम्मेद्वार विद्या भट्टराई निर्वाचित हुनुभएको छ।
मंसिर १४ गते शनिवार सम्पन्न निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार भट्टराईले ८ हजार ४ सय ९ मतान्तरले नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गर्नुभएको हो ।
नेकपाकी उम्मेद्वार भट्टराईले २४ हजार ३ सय ९५ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत पाउनुभएको थियो ।
ताप्लेजुड.मा हेलिकोप्टर दुर्घटनामा परी कास्की २ बाट निर्वाचित सांसद तथा तात्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको पदमा मंसिर १४ गते निर्वाचन भएको थियो ।
नेकपाले स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको थियो ।


















