Prakash Adhikari January 13, 2018

काठमाडौं, २८ पौष । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेशकाजी श्रेष्ठ पुनः निर्वाचित भएका छन्।

बिहिबार काठमाडौंमा सम्पन्न चेम्वरको ६७औं वार्षिक साधारण स।भाले श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो

श्रेष्ठको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल , कमलेशकुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका हुन्।

साधरण सभाले चेम्बरको सांगठनिक संरचना नेपाल उद्योग वाणिज्य महासंघको जस्तै बनाउने निर्णय गरेको छ ।

अब चेम्बरमा सात जना उपाध्यक्ष हुनेछन्।

महासंघ बन्नुअघि सचिव र महासचिवको व्यवस्था खारेज गरिएको छ।

अबदेखि चेम्बरले ७७ वटै जिल्लामा शाखा बनाउने छ ।

अहिले नै चेम्बरमा ८५ वटा वस्तुगत संघ,२० वटा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघ र ५२ वटा अन्तर्राष्ट्रिय संघ आवद्ध छन्।

Share Now

Leave a comment.