काठमाडौं,२१ मंसिर । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर कुमार लम्साल नियुक्त हुनुभएको छ ।
सोमबार बसेको इन्स्टिच्युटको सञ्चालक समितिले मंसिर ३० गतेदेखि लागु हुने गरी उहाँलाई नियुक्त गरेको हो ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालसंग बैंकिड. क्षेत्रको दुई दशकभन्दा लामो अनुभव रहेको छ । विभिन्न विभागीय जिम्मेवारी सम्हालिसक्नु भएका अनुभवी बैंकर लम्सालले सानिमा बैंक, प्रभु बैंक, जनता बैंकमा काम गर्नुभएको थियो । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका लम्साल त्यसपछि केही समय बैंकिंड.मा क्रेडिट विषयमा को प्रशिक्षकको भूमिकामा पनि रहनुभएको थियो ।
बैंकिड. क्षेत्रमा दक्ष र तालिमप्राप्त जनशक्ति विकास गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकको समेत लगानीमा नेशनल बैंकिङ इन्स्टिच्युटको स्थापना गरिएको हो । इन्स्टिच्युटको स्थापनाकालदेखि कार्यरत सन्जिव सुब्बाले राजिनामा दिएपछि प्रमुख कार्यकारीको पद खाली भएको थियो ।


















