Prakash Adhikari December 22, 2019

 

मोइ(भिक्टोरिया,अस्ट्रेलिया), ६ पौष । अष्ट्रेलियाको चर्चित लिग बिग ब्यास लिग अन्तरगत भिक्टोरियाको मोइमा भएको आइतबारको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ ।

आजको खेलमा पनि नेपाली क्रिकेट स्टार सन्दीपले १ विकेट लिए ।

आइतबारको खेलमा टस जितेर ब्याटिंग गरेको मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा होबार्टले १६ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो।

होबर्टलाई रोक्ने क्रमा मेलबर्न स्टार्सका बलर हरिस रौफले ५ विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान २ ।२ विकेट तथा सन्दीप लामिछानेले १ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा मेलबर्नको लागि ओपनर मार्कस स्टोनिशले सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै अर्का ओपनर निक म्याडिसनले ४० रन बनाए। डंकले १९ र कार्टराइटले १३, हयाण्ड्स कम्बको ३ र क्याप्टेन ग्लेन म्याक्सवेलले २ रन बनाएका थिए ।

सिजनको पहिलो खेलमा ब्रिसबेन हिट्स बिरुद्ध ३८ रन खर्चेर १ विकेट लिएका सन्दीपले आइतबार होबार्टबिरुद्ध सुधारिएको बलिंग गर्दै १ विकेट हात पारे। यस क्रममा ३ ओभर बलिंग गर्ने क्रममा सन्दिपले मात्र १८ रन खर्चिए।

Share Now

Leave a comment.