Prakash Adhikari January 7, 2020

 

काठमाडौं,२२ पौष । नेपालमा बसेर इन्टरनेटको उपयोग गरी विभिन्न मुलुकमा साइबर अपराध गरेको आरोपमा परेका १ सय २२ जना चिनियाँ नागरिकको जरिबाना चिनिया राजदूताबासले तिरिदिएको घट्नाले कुटनीतिक क्षेत्रमा सनसनी पैदा भएको छ ।

यी चिनियाहरु सरकारको योजना मुताविक नै नेपालमा आएर निर्धारित काममा सक्रिय नभएको भए दूतावासले किन जरिवाना तिरिदियो । नेपाली कानूनले अपराध कार्यमा सरिक भएको व्यक्तिलाई नेपाली कानून अन्तरगत नै दण्ड सजाय गर्न नदिएर चीन सरकार उनीहरुलाई स्वदेश लैजान किन अग्रसर भैरहेको छ भन्ने प्रश्न कुटनीतिक क्षेत्रमा उठेको छ ।

जानकारी अनुसार चिनको दूतावासको समन्वयमा प्रहरीले अध्यागमन विभागलाई जिम्मा लगाएकाहरुमध्ये ८८ र ३४ जनाको गरी दुई समूह बनाएर ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत चीन फर्काउन लागिएको छ ।

उनीहरुलाई लिन बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विमानमा चिनियाँ सुरक्षा अधिकृत पनि हुनेछन् । अध्यागमन विभागले नेपालबाट उनीहरुलाई निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

अध्यागमन ऐन उल्लंघन गरेवापत दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही भएको छ । विभागका अनुसार ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । नेपालस्थित चिनियाँ दूतावासले जरिवाना वापतको रकम तिरिदिएको छ । भिसा नियमित भएको हकमा एक हजार रुपैयाँ र नियमित नभएको हकमा चाहिँ थप एक हजार गरेर २ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ ।

अध्यागमन ऐनको दफा १० (४) बमोजिम उनीहरुलाई ४ वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ ।

Share Now

Leave a comment.