मेलबर्न(अष्ट्रेलिया), २५ पौष । अष्ट्रेलियाको चर्चित बिग ब्यास क्रिकेट लिगमा खेलिरहेका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानले शुक्रबार भएको खेलमा २ विकेट लिएका छन् ।
अघिल्लो खेलमा विकेटबिहिन बनेका सन्दीपले प्रतिस्पर्धी मेलबर्न रेनेगेट्स विरुद्ध २ विकेट लिएका हुन । ४ ओभर बलिड. गरेका सन्दीपले ३९ रन दिएर २ विकेट लिएका हुन् ।
मेलबर्नको डकल्याण्डमा भएको खेलमा पहिले ब्याटिड. गरेको मेलबर्न रिनेगेट्सले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।
Renegades : Shaun Marsh, Sam Harper, Marcus Harris, Beau Webster, Samit Patel, Dan Christian (capt), Tom Cooper, Will Sutherland, Cameron Boyce, Joe Mennie, Richard Gleeson
Stars : Marcus Stoinis, Hilton Cartwright, Ben Dunk, Glenn Maxwell (capt), Seb Gotch, Nick Larkin, Nathan Coulter-Nile, Clint Hinchcliffe, Lance Morris, Haris Rauf, Sandeep Lamichhange
रिनेगेट्का तर्फबाट शौन मार्सले ६३, मार्कस हरिसले ४२, बेऊ वेभस्टार २५, टम कुपर १५,क्याप्टेन डन क्रिश्चियनले १२, समित पटेल र विल सुदरल्याण्डले एक एक रनको योगदान गरे ।
रिनेगेट्सलाई रोक्ने क्रममा सन्दीप लामिछाने र नाथन कुटियर नाइलले दुई दुई तथा ह्यारिस रौफले १ विकेट लिए ।
१ सय ६९ रनको लक्ष्या लिएको सन्दीपको मेलबर्न स्टार्सले निर्धारित २० ओभरको खेलमा ३ विकेटको क्षतिमा १८ ओभरको चौथो बलमा १ सय ६९ रन बनाएर खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।
मेलबर्न स्टारका तर्फबाट कप्तान ग्लेन म्याक्सवेलले ८३, हिल्टन कार्ट राइट ३५, निक लार्किन ३३ र बेन डंकले १४ रन बनाए ।
स्टारलाई रोक्ने क्रममा रिनेगेट्सका समित पटेल, रिचर्ड ग्लिसन र क्यामरुन ब्यायसले एक एक विकेट लिए ।
खेलमा नवौं ओभरमा पहिलो स्पेल लिएर आएका नेपाली स्टार सन्दीपले सो ओभरमा १ छक्कासहित ११ रन बनाउन दिए । १२ औ. ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले सो ओभरमा एक छक्का र एक चौका पनि १२ रन बनाउन दिए,विकेट लिन सकेनन् । चौधौं ओभरमा उनले १ विकेट लिएर १० रन बनाउन दिए । सत्रौ ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले अर्को विकेट लिए र ६ रन बनाउन दिए ।
मेलबर्नले हालसम्म खेलेका ८ खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले ८ विकेट लिएका छन् । मेलबर्न ७ खेल जितेर १४ अंकसहित अंकतालिकाको शीर्षमा रहेको छ ।


















