काठमाडौं, २१ फागुन। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक सरकारी स्वामित्वको कृषि विकास बैंक अध्यक्षमा नियुक्त हुनुभएको छ।
अर्थमन्त्री स्तरीय निर्णयबाट गत बुधबार सञ्चालक नियुक्त हुनुभएका निरौलालाई बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो।
निरौलाले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिनबी नेपालबाट अध्यक्षको पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
अवकाश हुनुअघि राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक निरौलाले प्रवक्ताको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
निरौलासँग राष्ट्र बैंकको बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव छ। उहाँले समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ब्यवस्थापन हेर्नुभएके थियो।
अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको ब्यवस्थापन समितिका सदस्य सचिव पनि हुनुहुन्थ्यो।


















