Prakash Adhikari March 10, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २७ फागुन । सुपर पावर अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुने निश्चित भैसकेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको प्रतिस्पर्धामा विपक्षी डेमोक्रेटिक पार्टीले कसलाई उभ्याउछ भन्ने कुराको निक्र्यौल मार्च १० को मंगलबार हुने प्राइमरीबाट लगभग तय हुने बताएको छ ।

सुपर ट्युस्डेको भिडन्तको एक हप्ता पछि मंगलबार नै हुने ३ सय ५२ डेलिगेट्सको डेमोक्रयाटिक प्राइमरीमा सुपर ट्युस्डेमा पहिलो स्थान ओगटेका पूर्व उपराष्ट्रपति जो बाइडेनले आफ्नो स्थान यथावत राख्छन कि प्रतिस्पर्धी बर्नी सेण्डर्सले उछिन्छन् ? तीव्र चासो डेमोक्रेट्सहरुमा देखिएको छ ।

६ राज्यमा हुने यो प्राइमरीमध्ये सबैको चासो मिचिगन राज्यमा रहेको छ । मंगलबार हुने प्राइमरीमा मिचिगनबाट सबैभन्दा बढी १ सय २५ डेलिगेट्सले भोट दिंदैछन । अघिल्लो पटक अर्थात सन् २०१६ मा बर्नी सेण्डर्सले पकड जमाएको सो स्थानमा अहिले जो बाइडेनको पकड पनि कमजोर नभएको दावी गरिएको छ ।

त्यसैगरी कोरोना भाइरस अति प्रभावित राज्य वशिंङ्टनमा पनि मंगलबार नै छनौट हुदैछ । वशिंङ्टनबाट ८९ डेलिगेट्सले भोट हाल्नेछन ।

सुपर ट्युस्डेमा बर्नी सेण्डर्सलाई ९६ डेलिगेट्सले पछाडी पार्दै अग्रस्थानमा रहेका जो बाइडेनले आफ्नो अग्रता कायम राख्छन वा बर्नी सेण्डर्सले कम ब्याक गर्छन भन्नेमा विश्लेषकहरु तर्क गरिरहेका छन ।

सुपर ट्युस्डेपछि प्रत्यासीको रुपमा रहेकी एलिजावेथ वारेनले आफ्नो दौड अन्त गरेको घोषणा गरेकी थिइन तर उनले कसैलाईपनि समर्थन भने गरेकी छैनन । जो बाइडेनलाई न्युयोर्कका खर्बपति माइक ब्लुमबर्ग, पीट बुटीजज्, एमी क्लुबुुचर र कमला ह्यारिसले समर्थन गरिसकेका छन ।

यसले बाइडेनलाई केही बलियो बनाएपनि बर्नी सेण्डर्सको आकर्षण पनि बढ्दो भएका कारण नतिजा कस्को पक्षमा जान्छ यसै भन्न सकिदैन ।

तुल्सी गब्बार्ड अझै मैदानमै रहेपनि उनको उपस्थितिले खासै प्रभाव पार्ने देखिएको छैन्।

Share Now

Leave a comment.